१० वैशाख, ललितपुर । वर्षा र सहकालको देवताका रुपमा मानिने रातो मछिन्द्रनाथको बाह्र वर्षे रथ जात्राका लागि बुङ्मतिबाट रथ जात्रा सुरु गरिएको छ । यस वर्ष बाह्र वर्षको मेला परेकाले विशेष पूजाआजा गरी स्थानीय बासिन्दा, पूजारी रथ निर्माणकर्मी र पानेजु (रथमा बस्ने गुरुज्यू) गरी करिब तीन हजार मानिसको सहभागितामा बुङमतिबाटै रथ यात्रा सुरू गरिएको हो ।
वुधबारदेखि आज पनि बुङमतिमा रथ तान्ने जात्रा लागेको छ । मच्छिन्द्र नाथको रथ बुङमतिबाट पुल्चोक ल्याइँदै छ ।
अन्य वर्षहरुमा मच्छिन्द्रनाथको रथ जात्रा पुल्चोकबाट सुरु भएर जाउलाखेलमा भोटो देखाएपछि सकिने गर्दछ भने बाह्र वर्षे जात्रामा बुङ्मतिबाट रथ जात्रा सुरु गर्ने गरिन्छ ।
बाह्र वर्षे जात्रामा बुङमतिबाट सुरु भएको रथजात्राको अन्त्य पनि बुङमतिबाट नै गर्ने प्रचलन छ ।
बाह्र वर्षे जात्रामा भोटो जात्रा पनि दुई पल्ट गरिन्छ । एकपल्ट जाउलाखेलमा भोटो देखाइसकेपछि अर्कोपल्ट बुङमति पनि भोटो देखाएर जात्राको अन्त्य गर्ने परम्परा छ ।
(फोटो : मनोजरत्न शाही)











