७ वैशाख, काठमाडौं । स्वास्थ्य मन्त्री खगराज अधिकारीले सरकारले दिएको अल्टिमेटमभित्र पनि आफ्नो कार्यक्षेत्रमा नजाने चिकित्सकलाई कारवाही गरेर नयाँ नियुक्ति गर्ने तयारीमा सरकार रहेको खुलासा गरेका गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले केही चिकित्सकहरु कार्यक्षेत्रमा नगएकोले उनीहरुलाई २४ घण्टाभित्र कार्यक्षेत्र जान निर्देशन दिइएको जानकारी दिंदै अल्टिमेटभित्र पनि नगएकाहरुलाई कारवाही गरेर नयाँ नियक्ति प्रक्रिया अगाडि बढेको बताउनुभयो ।
मन्त्री अधिकारीले जाजरकोटमा २ सय स्वास्थ्य कर्मीहरु चौविसै घण्टा प्रभावित क्षेत्रमा खटिरहेको जानकारी दिदै उपचारमा चिकित्सक अभाव नरहेको दावी गरे । उहाले प्रभावित क्षेत्रमा खटिएका चिकित्सकहरुले महामारी नियन्त्रण उन्मुख रहेको जानकारीसहित केही दिन भित्रमा नियन्त्रणमा आउने रिर्पोर्टिङ्ग गरेको बताउँदै जाजरकोटसँग जोडिएका जुम्ला, रुकुम दैलेख र सुर्खेत लगायतका जिल्लाहरुमा समेत सर्तकता अपनाएर परिक्षण सुरु गरिसकिएको जानकारी दिए ।
मन्त्री अधिकारीले अहिलेसम्म स्वास्थ्य परिक्षण गरिएको ४ हजार विरामी मध्ये २५ प्रतिसतमा मात्र फ्लुको सक्रमण पाइएको बताउँदै निधन भएका मध्ये पनि ३३ प्रतिसत कममा मात्र स्वाईन फ्लुको जिवाणु भेटिएको उल्लेख गरे ।











