५ वैशाख, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । व्याट्रीबाट चल्ने ईलेक्ट्रोनिक्स रिक्शाको चार्जर निकाल्ने क्रममा अचानक करेन्ट प्रवाह भएपछि गौशाला नगरपालिका १० का ३६ बर्षिय प्रदीप चौधरीको मृत्यु भएको हो । सो रिक्शाको व्याट्रीबाट निस्केको विद्युत प्रवाहको कारण चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक चौधरीको शव पोष्टमार्डमको लागि जलेश्वर पठाईएको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिनुभयो । मृतक चौधरी गत बैशाख १ गते महोत्तरीको गौशाला देखि औरहीसम्म यात्रुहरुलाई सेवा दिनको लागि नयाँ ईलेक्ट्रोनिक्स रिक्शा किनेर ल्याएको थियो ।













