४ वैशाख, काठमाडौं । आज विहानै नेपाल टेलिकमले दुई दिनसम्म मोवाइल सेवा बन्द हुने खबर एसएमएसबाट पठायो । एसएमएसमा भनिएको थियो आज विहान नौ बजेबाट अर्को दिनको सात बजेसाँझसम्म दुई दिन सेवा बन्द हुनेछ, असमर्थताका लाथि क्षमा प्रार्थी छौं ।
तर विहान नौ बजेसम्म पनि मोवाइल सेवा बन्द भएन, मानिसहरुलाई खुशी नै लाग्यो । त्यसको लगत्तै एकछिनमा अर्को एसएमएस आयो र त्यसमा पहिलेको एसएमएसप्रति क्षमा माग्दै चैत चार गते साँझ नौ देखि अर्को दिन अर्थात् पाँच गते विहान सात बजेसम्मका लागि मोबाइल सेवा बन्द हुने सूचना दिइयो ।
टेलिकमको पछिल्लो एसएमएस सही एसएमएस हो र आज साँझदेखि भोलि विहानसम्म तपाईहरुको मोबाइल सेवा वन्द हुनेछ । सिस्टम अपग्रेडिङका लागि रातभर सेवा बन्द हुने नेपाल टेलिकमले जनाएको छ
नेपाल टेलिकमले जीएसएम प्रिपेड मोबाइलको बिलिङ सिष्टम अपग्रेड गर्न लागेको हो । कम्पनीले पुरानो सिष्टमलाई कन्भर्जेन्ट रियल टाइम बिलिङ (सीआरटिबी) सिष्टममा अपग्रेड गर्न लागेको जनाएको छ ।
शुक्रबार बेलुका १० बजेदेखि शनिबार विहान ५ बजेसम्म सिष्टम अपग्रेड गर्न लागेको र यसका कारण साँझ ९ बजेदेखि र विहान ७ बजेसम्म सेवा अवरुद्ध हुनसक्ने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छिन्।
‘३८ लाख जीएसएम प्रिपेड मोबाइलको सिष्टम माइग्रेट गर्न लागेका छौं’ प्रवक्ता वैद्यले भनिन्, ‘सिष्टम परिवर्तन गर्दा ३८ लाख मोबाइलमा समस्या आउन सक्ने सम्भावना छ ।’
सिष्टम अपग्रेडको काम सम्पन्न भएपछि समस्या स्वतः हट्ने प्रवक्ता वैद्यले जानकारी दिइन् । प्रिपेड मोबाइलहरुमा समस्या आउनसक्ने टेलिकमले जनाएको छ ।











