३० चैत, काठमाडौं । संविधानसभाको बैठक फेरि पुनः एक साता पर सारिएको छ । पूर्व सांसद सलिम मियाँ अन्सारीको निधन भएकोमा त्यसप्रति शोकप्रस्ताव पारित गर्दै सोमबारको बैठक स्थगित भएको हो । अर्को बैठक वैशाख ६ गते अपरान्ह ३ बजे बोलाइएको छ ।
यसअघि झण्डै डेढ महिनापछि चैत २३ मा बेलाइएको बैठक पनि पूर्व सभासद रामनाथ ढकाल र पूर्व सांसद महेन्द्र यादवको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो । लगातारको दुई बैठक शोक प्रस्ताव मै समिति भएको हो । दलहरुबीच संविधानका विवादित विषयमा सहमति जुट्ने अपेक्षामा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले फेरि एक साताको समय दिएर बैठक बोलाएका हुन् ।
प्रमुख प्रतिपक्षी दल एमाओवादीले संविधान सभालाई अझै पर सार्न आग्रह गरेअनुसार सभाध्यक्षले बैठक पर सारेको स्रोतले जनाएको छ ।











