३० चैत, काठमाडौं । नेकपा एमालेले जाजरकोटमा फैलिएको अज्ञात रोग तत्काल नियन्त्रणको पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
संबिधानसभा भबन नया बानेश्वरमा सोमबार बसेको एमाले संसदिय दलको बैठकले जाजरकोटको पैंक, अर्छानी र नायकबाडा गाविसमा अज्ञात रोगका कारण १२ जनाको मृत्यु भईसक्दा पनि कुनै पहल नभएको भन्दै सरकारको ध्यानाकषर्ण गराउने निर्णय गरेको हो । एमालले तत्काल उपचारटोली पठाई अज्ञात रोगबाट ग्रसीतको उपचारको व्यबस्था मिलाउने कामको व्यबस्था गर्न पनि जोड दिएको छ । यसअघिउपचार सेवा नपाएर सर्बसाधारण ज्यान गुमाउन बाध्य भएपछि प्रधानमन्त्री सुशिल कोइरालाले स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई अबिलम्ब घटनास्थलमा विशेषज्ञ चिकित्सकको सेवा पुराई रोगको पहिचान गर्न निर्देशन दिनुभएको थियो । एमालेले सरकारी पहललाई तत्काल बढाउन पनि आग्रह गरेको छ ।
बैठकले राष्ट्रिय अखण्डता र स्वाधिनताका लागी कुनै दलसंग पनि सम्झौता नगर्ने निर्णय गरेको छ । बैठकमा अध्यक्ष ओलीले सहमतिका लागी आफहरु लचक हुदा पनि बिपक्षी आफ्नो अडानबाट पछि नहटेको जानकारी गराउनुभएको थियो ।
एमाले प्रमुख सचेतकले जारी गरेको विज्ञप्तीका वुँदा जस्ताको तस्तै हेर्नुहोस :
२०७१ चैत्र ३० गते संविधानसभा भवन, नयाँ बानेश्वरको नुप्से हलमा बसेको नेकपा
(एमाले) संसदीय दलको एक्काइसौं बैठकले पारित गरेका प्रस्तावहरू :
१. नेपाली जनताको आकाङ्क्षा र निर्देशन तथा देशको आवश्यकता अनुरुप संविधान निर्माणको प्रक्रिया बिलम्ब नगरी अघि बढाउँदै छिटो भन्दा छिटो संविधान जारी हुनुपर्छ भन्नेमा यो बैठक पुनः जोड दिन्छ । साथै, सहमतिको निम्ति वार्ताको माध्यमबाट निरन्तर प्रयत्नशील रहँदै संविधान निर्माणमा संविधानसभाको काम कारवाही अगाडि बढाउन आ–आफ्नो स्थानबाट योगदान पु¥याउन यो बैठक सम्बद्ध सबैलाई हार्दिक आग्रह गर्दछ ।
२. आजको बैठक जानरकोट जिल्लामा अज्ञात रोगका कारण भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दछ । साथै, अविलम्ब उक्त रोगको पहिचान गरी निराकरण गर्न तथा बिरामीको उपचारको प्रबन्ध गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
३ ताप्लेजुङ्ग र सप्तरी लगायत देशका विभिन्न भागमा भएका आगलागीले सर्वसाधारण जनताको जनधनको क्षति भएकोमा नेकपा (एमाले) संसदीय दलको बैठक उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ र त्यस सम्बन्धमा अविलम्ब आवश्यक राहत प्रदान गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।











