२८ चैत, जनकपुर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले तोकिएको समय भित्र लोकतान्त्रीक संविधान जारी गरी मुलुकलाई आर्थीक क्रान्तिको बाटोमा लैजानु पर्ने बताउनुभएको छ । जनकपुरको कपिलेश्वर १६ मा निर्मीत विश्व विवेकानन्द शिक्षा सदनको शनिवार उद्घाटन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहनु भएकी नेतृ कोइरालाले संविधान जारी गरी मुलुकलाई आर्थीक क्रान्तिको बाटोमा लैजानु पर्नेमा जोड दिनु भयो । उहाँले प्रधानमन्त्री सुशील कोईरालाले पार्टी सभापतिमा उमेद्धारी नदिए आफु अगाडि आउने बतानु भयो । आफु सभापति पदका लागी योग्य र सक्षम व्यत्ती भएको जनाउदै यदि सुशील कोइरालाले उमेद्धारी नदिए सभापति पदमा लड्ने स्पष्ट पार्नु भयो । नेपाली जनताको जिवन स्तर उकास्न पनि समय सिमा भित्रै संविधान जारी गरी आर्थिक क्रान्त्तिमा लाग्न सबै राजनीतिक दलका नेताहरुलाई आग्रह गर्नु भयो । सहमतिका नाममा धेरै समय खेर फालेको जनाउदै नेतृ कोइरालाले अब गणितिय रुपमा अगाडि जानुको विकल्प नरहेको स्पष्ट पार्नु भयो । राजनीतिक दलका नाममा हुने गरेको बन्द हड्ताललाई जनताले रुचाउन छाडिसकेका छन् कोइरालाले भन्नु भयो, बन्द ,हड्ताल ,चक्काजाम जस्ता अराजनीतिक गतिविधि र जन–विरोधी कार्यलाई सधाको लागि अन्त्य गर्नुपर्छ । नेतृ कोइरालाले गरिबी निवारण, बेरोजगारीको अन्त्य र शान्ति स्थापना भएकाले राज्य संयन्त्रमा सबैको प्रतिनिधित्व हुनेगरी समावेशी सहभागिता गराउनु पर्नेमा जोड दिनु भयो ।











