काठमाडौं । बाग्मती सफाइ महाअभियान १००औँ हप्ता अन्तरगतको विशेष कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरुले एक्यवद्धता मात्र जनाएनन्, बागमती सफाईमा जस्तै संविधान लेखनमा पनि एकताबद्ध भएर लाग्ने बताएर नयाँ सन्देश दिन खोजेका छन् । बागमती सफाई महाअभियानमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली लगायत सबै शीर्ष नेताहर पुगेर संविधान लेखनलाई पनि बागमती सफाइमा जस्तै एकता आवश्यक रहेको बताए ।
प्रधानमन्त्री सुशील कोइरालाले बागमती नदी सफा गर्दै एमाओवादी नेतृत्वको मोर्चालाई एक मन एकताकासाथ संविधान लेखनमा लाग्न आग्रह समेत गरे । उनले पुष्पकमल दाहाललाई समबोधन गर्दै हात मा हात मिलाएर संविधान लेखनमा लाग्न आग्रह गरे ।
प्रधानमन्त्रीको सम्बोधन भन्दा केही समय पछि फरक स्थानमा सम्बोधन गर्दै एमाओवादी अध्यक्ष दाहालले पनि संविधान लेखन प्रकृया बागमती सफाई अभियान जस्तै सफल बन्ने बताए । उनले बागमतीमा ओर्लीएको मानव सागरले आफुहरुलाई थप हौसला मिलेको उल्लेख गर्दै संविधानका विवादीत अन्तरबस्तुमा छिट्टै सहमति बन्ने दाबी गरे ।
सुन्दरीजलदेखि सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रमा हजारौं सर्वसाधारण उपस्थित भएर बागमती नदीलाई मानव साङलोले घेरेका थिए । अब संविधानसभामा पनि ६०१ ले साझा प्रतिवद्धता जाहेर गरेर संविधान लेखनलाई तत्काल अघि बढाउनुपर्ने आवश्यकता रहेको छ ।
राष्ट्रिय गानबाट सुरु भएको महाअभियान बागमती नदी प्रणालीको सरसफाइ सम्बन्धमा आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । शीर्ष नेताहरुले राष्ट्रिय गान गाउँदा छातीमा हात राखेर बागमतीलाई साक्षी राख्दै संविधान लेखनलाई पनि बागमती जस्तै पवित्र बनाउने बताए ।
महाअभियानमा सहभागीले ‘बाग्मती नदी सफा गछौँ’ ,‘सफा गर्न सक्छौँ’ ‘हामीले नगरे कसले गर्छ’, ‘अहिले नगरे कहिले गर्ने’ भन्ने सपथसमेत लिएका थिए । राजनीतिक दलका शीर्ष नेताहरुले पनि आम सर्वसाधारणसँगै यो कसम खाए । शीर्ष नेताहरुले जनताले खाएको सपथ पुरा भएको एकै छिनमा देखे । उनीहरुलाई बागमती सफाइमा पुगेका आम जनताले डेढ वर्ष अघि खाएको कसम पुरा गर्न अनुरोध समेत गरे । सहमति सहकार्य र एकताबाटै हरेक प्रयास सफल हुन्छन् ।
संविधान लेखन प्रकृया पनि सहमति बाटै गर्नु अहिलेको आवश्यकता हो । बागमती किनारमा पुगेर आम जनतालाई साक्षी राखेर शीर्ष नेताहरुले सहमतिय राजनीतिलाई अघि बढाउने बाचा गर्नु सकारात्मक हो । अब सहमतिबाटै संविधान लेखनको नयाँ अध्याय आरम्भ भएको मान्न सकिन्छ ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, एमालेका प्रमुख सचेतक अग्नि खरेल र एमाओवादीका प्रमुख सचेतक गिरिराजमणी पोखरेललाई संगै लगेर बागमती सफाईमा होमीए र भाषण गरे अब यहाँबाट फर्केर गएसँगै सहमतिको यात्रा सुरु हुन्छ । एमाले अध्यक्ष केपी ओलीले पनि बागमतीको सभ्यता बचाउ अभियान र सहमतिको राजनीति संगै अघि बढ्ने बताए ।
संविधानसभाको अर्को बैठक चैत्र ३० गते बस्दै छ । यो बीचमा प्रमुख दलका शीर्ष नेताहरुका बीचमा साथृक वार्ता नभए पनि अनौपचारिक भेटघाट भैरहेको छ । एकीकृत नेकपा माओवादीले पनि सहमतिय संविधानकालागि आफुहरु हदै सम्मको लचिलो बन्न तयार रहेको बताउँदै आएको छ । यस्तो अवस्थामा उस्ले नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुसँग छुट्टा छुट्टै वार्ता गरिरहेको छ ।
अझ एमाओवादीका महासचिव कृष्णबहादुर महराको दौडधुपले साथृक रुप लिन लागेको छ । उनकै पहलमा एमाले ८ प्रदेशमा जान तयार भएको छ । अब बागमती सभ्यता सफाई सँगै नेपालको राजनीतिले पनि नयाँ रुप लिने देखिएको छ । चैत्र ३० अगावै शीर्ष तहमा सहमति हुने अवस्था आउन लागेको विष्लेषणहरु सहि सावित होउन्, जनताहना पनि त्यही हो ।
काठमाडौं । हुताराम बैद्यको पहलमा सुरु बागमती सफाई महाअभियानको आज सयौं हप्ता पुरा भएको छ । सयौं हप्तामा बागमती नदीलाई मानव साङलोले घेर्ने काम भएको छ । बागमती सभ्यता बचाउनकालागि प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उप प्रधानमन्त्रीहरु प्रकाशमान सिंह र बामदेव गौतम लगायत हजारौं सर्वसाधारणहरु बागमती नदीमा पसेका छन् ।
– See more at: http://www.nepalsandesh.com/2015/04/11/129357#sthash.mSMZnTPr.dpuf




















