२७ चैत, काठमाडौं । व्यवस्थापिका संसदको हिउँदे अधिवेशन बोलाउने बिषयमा राष्ट्रपति डाक्टर रामबरण यादवले चासो व्यक्त गरेका छन् ।
शुक्रबार शितल निवासमा प्रधानमन्त्री सुशील कोइराला र कानुनमन्त्री नरहरी आचार्यसँग भेट गर्दै हिउँदे अधिवेशन बस्न नसक्नुका विषयमा जानकारी लिएका हुन् । सामान्यतया सरकारको सिफरिशमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने प्रचलन छ । तर सरकारको आलटालका कारण हिउँदे अधिवेशन आह्वानमा ढिलाइ भएको भन्दै विपक्षीले विरोध सुरु गरिसकेको छ । भेटमा प्रधानमन्त्री कोइरालाले सवै दलहरुसँग छलफल गर्दै हिउँदे अधिवेशन बोलाउने बताएका थिए । त्यस्तै भेटवार्तामा सरकारको कामकारवाहीका विषयमा पनि छलफल भएको कानुनमन्त्री नरहरी अचार्यले जानकारी दिए ।
भेटवार्तामा संविधान लेखनका बिषयमा दलहरुबिच भइरहेको छलफलका विषयमा पनि छलफल भएको बताइएको छ ।











