माओवादीलाई बाघको घोडाबाट कांग्रेसले ओराल्छ
२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्य पार्टीको बन्दी बन्दा सहमति हुन नसकेको बताए । एक मधेस एक प्रदेश र जातिय राज्यको माग राख्ने पार्टीको बन्दी बन्दा एकिकृत नेकपा माओवादीले सहमति गर्न नसकेको उहाँको भनाइ थियो । एकिकृत नेकपा माओवादी बाघको घोडा चढेको बताउँदै उपसभापति पौडेलले बाघको घोडाबाट ओर्लन आफूहरुले सहयोग गर्ने बताए । यस्तै उपसभापति पौडेलले युरोपियन सांसदको टोलीले तेस्रो संविधासभाको कुरा उठाएकोमा आपत्ति जनाए । उनले दोस्रो संविधानसभाले नै संविधान दिने बताउँदै संविधान नबने सबै नेताहरुलाई नालायक घोषणा गर्नुपर्ने तर्क गरे । अब पनि संविधान नबने सबै नेताहरुले राजनिति छाड्नुपर्ने उनको तर्क थियो ।











