२७ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेस र एमालेको एकता फुटाउने प्रयत्न भइरहेको बताउँदै संविधान निर्माण नभएसम्म यो एकता कुनै पनि हालतमा नटुट्ने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेता खनालले कांग्रेस र एमालेबीचको एकता र गठबन्धन नटुट्ने दावी गरे ।
स्मरणीय छ क्यासिनो काण्डमा आफ्नै नातेदार भीम आचार्यले खनालको ईच्छाअनुसार काम नगरेपछि उनले आचार्यलाई फिर्ता बोलाइ क्यासिनो माफियाको पक्षमा काम गर्नका लागि आफ्नै सहयोगी दीपक अमात्यलाई मन्त्री बनाएर पठाएका थिए । क्यासिनो माफियाबाट अमात्यमार्फत खनालले राम्रो रकम प्राप्त गरेको क्यासिनो व्यावसायीहरुले नै बताउँदै आएका छन् ।
यसै गरी वार्ताका नाममा संविधानसभालाई बन्धक बनाउन नहुने समेत खनालको धारणा छ । ३० गते बस्ने संविधानसभाको बैठकले संविधान निर्माणको प्रक्रियालाई अगाडि बढाउने नेता खनालको भनाइ छ ।











