२७ चैत, काठमाडौं । प्रधानमन्त्री सुशिल कोइरालाले दोस्रो संविधानसभाले जसरीपनि संविधान दिने बताएका छन् । काठमाडौंको शान्तिवाटिकामा शुक्रबार आयोजित गणेशमान बलिदान अभियान कार्यक्रममा बोल्दै प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका विवादित विषयहरुमा छिट्टै सहमति हुने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले एकीकृत नेकपा माओवादी र मधेसकेन्द्रित दलहरुलाई आन्दोलन र धम्कीको भाषा छाड्न समेत आग्रह गरे । देशले लामो समय संक्रमण थेक्न नसक्ने भन्दै प्रधानीमन्त्री कोइरालाले संविधान निर्माणपछि देशको मुहार फेरिने बताए ।











