२५ चैत, काठमाडौं । तपाईले लोक सेवा आयोगको तयारी गरीरहनुभएको छ भने तपाईका लागी खुशीको खबर छ । लोकसेवा आयोगले स्वास्थ्यका विभिन्न तहमा दुई हजार तीनसय १९ कर्मचारी माग गरेको छ । लोक सेवाले स्वास्थ्य सेवा चौथो तह तथा राजपत्र अनंकित द्वितीय श्रेणीका प्राविधिकको लागि विज्ञापन खुलाएको हो । लोक सेवाले खुला तथा समावेशी समूहका लागि विज्ञापन खुला गरेको जनाएको छ ।
लोक सेवाले अनमी, स्वास्थ्य प्राविधिकलगायतका पदमा दरखास्त माग गरेको छ । लोक सेवाले बुधबार सार्वजनिक गरेको विज्ञापन अनुसार आवेदन दिने आवेदकको लिखित परीक्ष आगामी जेठको अन्तिम हप्ता र असारको पहिलो हप्ता हुने छ । लोक सेवाले पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकुटाबाट एकसय ५१, अञ्चल कार्यालय इलामबाट एकसय ४९, मध्यममाञ्चल क्षेत्रीय निर्देशनालय कमलपोखरी काठमाडौंबाट एकसय ३८, जनकपुर अञ्चल कार्यालय जलेश्वरबाट एकसय ४२ तथा सगरमाथा अञ्चल कार्यालय दिक्तेलबाट दुईसय ५२ जना माग गरेको छ ।
त्यस्तै आयोगले नारायणी अञ्चल कार्यालय हेटौंडाबाट तीनसय ३२ जना, पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराबाट दुईसय ४०, लुम्बिनी अञ्चल कार्यालय बुटवलबाट एकसय ६४, धौलागिरी अञ्चल कार्यालय बाग्लुङबाट एकसय ४९ तथा मध्यपश्चिम क्षेत्रीय निर्देशनालय सुर्खेतबाट एकसय ३३ जना माग गरेको छ । उता राप्ती अञ्चल कार्यालय दाङबाट एकसय ४९, कर्णाली अञ्चल कार्यालय जुम्लाबाट ५९, सुदूपश्चिम निर्देशनालयबाट एकसय १८ र महाकाली अञ्चल कार्यालय महेन्द्रनगरबाट एकसय ४२ जना कर्मचारी माग गरिएको छ ।











