२५ चैत, काठमाडौ । एकीकृत नेकपा माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले एउटै दलमा त पूर्ण सहमति हुन नसकिरहेको अवस्थामा तीस दलको मोर्चामा विबाद आउन, विभाजन हुनु स्वभाविक भएको बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने–हामीले एउटा उद्देश्य प्राप्त गर्न को लागि मोर्चा बनाएका हौ । कुरा मिल्दासम्म एकै ठाँउ बस्ने हो नमिले अलग हुने हो । फुट्ने जुट्ने काम भईरहँन्छ । कसैको ठेक्का लिने काम सकिदैन ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा रायमाझीले केही मधेसवादी दलहरुले बन्द फिर्ताको विरोध गरिरहेको र मोर्चा छाड्ने भनि अभिब्यक्ति दिईरहेको प्रति लक्षित गर्दै यो ठूलो कुरा नभएको बताए ।
उनले सत्तारुढ दलका धेरै नेताहरु सहमतिको पक्षमा भएको र सहमतिकै लागि संविधानसभाको बैठकपनि स्थगित गरेकोले बातावरण निर्माणको लागि आफूहरुले आमहडताल फिर्ता लिएको जानकारी दिदै दलहरुवीच एक प्रतिसतमात्र सहमति हुन बाँकी रहेकोले राष्ट्र र जनतालाई केन्द्रमा राखेर बसे सहमति हुने विश्वास ब्यक्त गरे ।
रायमाझीले आफूहरुले शासकीय स्वरुपकै लागि आफूहरुले हतियार उठाएको स्पष्टपार्दै भने–जे विषयलाई लिएर हामीले हतियार उठायौ , सहमति हुँदा त्यसलाई थातिराखेर संविधान बनाउन आफूहरु तयार भएका छौ । त्यसलार्य बेवस्ता गरेर नौ बुँदे प्रस्तावलाई प्रक्रियामा संविधान बनाउन सुरु गरिने प्रक्रियामा हामी फड्केको साक्षी बन्न सक्दैनौ ।
हतियार उठाएर यूद्ध गरेको पार्टीले शान्तिपुर्ण रुपमा गरेको आन्दोलनलाई कमजोरी नठान्न चेतावनी दिदै उनले अहिले आफूहरुले आमहडताल फिर्ता लिएर आन्दोलन रोकेको नभई त्यसको स्वरुपमात्र फेर्न खोजेको बताए ।
रायमाझीले सत्तारुढ दल ईमान्दार भएर आए सहमति हुने र त्यसपछि आफुहरु पनि संविधानसभामा जाने स्पष्टपार्दै सहमति नगरी प्रक्रिया अगाडि बढाए नयाँ ढंगले आन्दोलनमा जाने चेतावनी दिए । उनले भने–राजा ढाल्न २४० वर्ष लड्नु पर्यो । गलत चिजको निरन्तर विरोध गर्ने हो । अर्को पुस्ताले सम्म आन्दोलन गर्नु पर्ने हुन सक्छ ।
उनले दलहरुवीच मुठभेढड र झगडा लगाएर अर्को ब्यवस्था लागु गर्ने षडयन्त्र भईरहेकोले त्यसप्रति सचेत हुन आग्रह गर्दै दलका नेताहरुलाई कुनै एक जिल्ला पकडेर जिल्लाको भन्दा देशको नेता हुने भावनाबाट उठ्न आह्वान गरे ।











