२५ चैत, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रकिया मै गएर पनि संविधान जारी गर्नु पर्ने बताएका छन् ।
रफत सञ्चार क्लव भक्तपुरले आयोजना गरेको अन्र्तसंवादमा बोल्दै बिजुक्छेंले देशको बिचार प्रस्तुत गर्ने माध्यम प्रक्रिया नै भएकाले ३० दलसँग नेमकिपाको भिन्न मत रहेको बताए ।
बिजुक्छेले नेपालमा जव जव आन्दोलन हुन्छ तव तव भारतले नेपाली सिमा अतिक्रमण गर्ने गरेको धारणा व्यक्त गरे । यसको पछिल्लो उदाहरण हिजो भएको आन्दोलनमा समेत देखा परेको बिजुक्छेको भनाइ छ । गौरमा भएको आन्दोलनपश्चात भारतीय सैनिकहरुले गोली चलाउँदै नेपाल र नेपालीको संवेदनशीलताको माप नगरेको बताए ।
बिजुक्छेले नेपाल भारतको नव उपनिवेश बन्दै गएकाले सबै पक्ष यसबाट सजक रहन जोड दिए । सबै क्षेत्रमा भारतको रवाब रहेका भन्दै भारतिय धर्मगुरुहरु भारतको एजेण्ट भएर नेपालमा धार्मिक क्षेत्र कव्जा गर्न लागि परेको आरोप उनले लगाए ।
‘नेपाली सुरक्षा निकायका चिफहरुले प्रोटोकल भुल्दै जसरी भारतिय राजदुतावास धाउने गरेका छन् र कति चिफहरुको घर समेत भारतमै भएकाले सुरक्षा निकायमा समेत हस्तक्षेप बढ्ने क्रम जारी छ ।’ उनले भने ।
नेपालको सगरमाथामा गएर भारतिय सेनाले अवलोकन गर्दै कव्जाको दिशातर्फ अग्रंसर बनेको दावी समेत उनले गरे ।











