२४ चैत, काठमाडौं । आमहडतालका कारण देशको जनजीवन कष्टकर बनेको अवस्थामा पनि सत्तारुढ दल र विपक्षी दलहरु आरोप्रत्यारोपमै उत्रिएका छन् । अडाकै कारण विपक्षी आन्दोलन अझै लम्बिने देखिएको छ ।
आमहडतालकाबीच मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा नेताहरुले तत्काल सहमति हुने आधार नरहेको प्रतिक्रिया दिएका छन् ।
साक्षात्कारमा बोल्दै एमाओवादी नेता अग्नि सापकोटाले विगतका सहमति कार्यन्वयन नभएसम्म आमहड्लात फिर्ता नहुने स्पष्ट पारे । तीन दिनको आम हड्तालले मुलुकमा निकास दिन्छ भने किन सबैले समर्थन नगर्ने भनी उनले प्रश्न समेत गरे । नेता अग्नि सापकोटाले विगतका सम्झौताका आधारमा सहमतिमा संविधान जारी गर्न प्रधानमन्त्री सुशील कोइरालाले प्रतिवद्धता उनले व्यक्त गरे बाँकी बन्द रोकिने घोषणा गरे । सापकोटाले विगतको सहमति कार्यान्वयन नगरी बन्द फिर्ता गरेर आफूहरु कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताए ।
नेपाली काग्रेसका नेता चन्द्र भण्डारीले जनतालाई दुःख दिएर आफ्नो दलीय स्वार्थ पूरा गर्ने प्रयास पशुको जस्तो सोच भएको आरोप लगाए । विपक्षी मोर्चाले भनेको जस्तो सहमतिमा कुनै पनि हालतमा संविधान जारी हुनै नसक्ने ठोकुवा समेत समेत भण्डारीले गरे । नेता भण्डारीले आन्दोलनका उपलब्धि सस्थागत गर्नु पर्ने बेलामा सडक आन्दोलनमा जानुले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र एमाओवादी र मधेसकेन्द्रित दलको एजेण्डा होइन कि भन्ने गम्भीर आशंका उत्पन्न भएको तर्क गरे । समेत उल्लेख गर्नु भयो ।
सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले बन्दकर्ता माथि बल प्रयोग गरेर फेरि पनि सरकार अगाडि जान खोजे सरकार र प्रहरीको पनि टाउको फुटाउने चेतावनी दिए । राज्यले दमन गरे आफूहरु हातमा दही जमाएर नबस्ने चेतावनी कर्णले दिए ।











