२४ चैत, वीरगन्ज एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको तीन दिने आमहडतालले तराईको जिल्ला संगै पर्सा वीरगन्ज आसपासको जनजीवन विहानैदेखि प्रभावित भएको छ । औद्योगिग राजधानीका रुपमा चिनिने पर्सा समेत आमहडतालका कारण ठप्प बनेको छ ।
पहिचान र अधिकार सहितको संघीय सविधान निर्माणको माग गर्दै मोर्चाका नेता कार्यकताहरुले वीरगन्जको विभिन्न चोकमा टायर बाली प्रर्दशन गरीरहेका छन । बन्दकर्ताहरुले वीरगन्ज बजार पुर्ण रुपले बन्द गराएका छन । वन्दकर्ताहरुले वीरगन्जको घण्टाघर, बसपार्क, नगवा, मुर्ली, पावरहाउस, लक्ष्मणवा, ईनर्वा लगायतको स्थानमा टायरबाली प्रर्दशन गरेका हुन । उनीहरुले बन्द सफल बनाउन मोटरसाईकल, साईकल, रिक्सा समेत संचालनमा रोक लगाएका छन । बन्दकर्ताहरुले बन्द सफल बनाउन दैनिक ज्यालादारी गर्नको लागि आवतजावत गर्ने साईकल चालकहरु माथि पनि हातपात गरेको छन । बन्दकर्ताहरुले सडकमा अत्यन्तै ज्यादती गरीरहेका रिक्सा चालकहरुले गुनासो गरेका छन ।
बन्दले गर्दा वीरगन्जबाट बाहिरीने तथा भित्रिने सम्पूर्ण सवारी साधन सहित वीरगन्ज रक्सौल चल्ने टेम्पो र टांगा संचालनमा पुर्ण रुपमा रोक लगाएका छन । बन्द आहवानले गर्दा यहाका शैक्षिक सस्थाहरु पनि बन्द रहेका छन । गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी भ्यान समेत घण्टाघर चोकमा आवतजावतमा अवरोध गरेपछि केहि बेर प्रहरी र बन्दकर्ता विच घम्साघम्सी भएको थियो ।
बन्दको अबज्ञा गरी गाडी चलाएको भन्दै मोर्चामा आवद्ध फोरम नेपालका कार्यकर्ताहरुले वीरगन्जको घण्टाघर चोकमा दर्जनौ मोटरसाईकलमा क्षति पु¥याएका छन । बन्दकर्ताहरुले सवारी साधनमा तोडफोड गर्न लागेपनि घटनास्थलमा तैनाथ सुरक्षाकर्मीहरु मुकदर्शक मात्र बनेका थिए ।
बन्द आह्वानका क्रममा एम्बुलेन्स, बारुणयन्त्र, कुटनितिक नियोगका सवारी साधन, संचारकर्मी, चिकित्सकहरुको सवारी साधनको सञ्चालनमा पर्सा जिल्लामा कुनै अवरोध नगरिएको मोर्चाका जिल्ला संयोजक एव फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताउनु भयो । मोर्चाले सहमतीमा पहिचान सहितको संघीयता र संघीयता सहितको संबिधान तथा परिर्वतकारी शक्तिहरु संग भएको सम्झौता कार्यन्वयनका लागि मोर्चाले चरणवद्ध रुपमा आन्दोलन गर्दै आइरहेको छ ।













