२३ चैत, पर्वत / एमाओवादी नेता डा बाबुराम भट्टराईले नेपाली काँग्रेस र एमाले बहुमतको दम्भ देखाएर संविधान जारी गर्नखोजे मुलुक फेरि अर्को द्वन्द्वमा जाने चेतावनी दिएका छन् ।
सहमतिमा नै संविधान निर्माण गरिएको संविधानले सबैका हकअधिकार सुनिश्चित गर्ने बताउँदै डा भट्टराईले सङ्ख्याको दम्भ देखाए पुनः अर्को विद्रोह हुन सक्ने बताए ।
आज कुश्मा बजारमा आयोजित एक कार्यक्रममा उहाँले बहुमतका आधारमा संविधान जारी भएका उदाहरण विश्वका कुनै पनि मुलुकमा नभएको बताउँदै प्रक्रिया खारेज गरेर सहमतिमै संविधान निर्माण गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे ।
काँग्रेस एमालेले २०४७ सालकै संविधान ब्युताउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध आफूहरु सडकमा जान बाध्य भएको स्पष्ट गरे ।
बहुमतीय प्रक्रियाबाट जारी भएको संविधान आम नेपाली जनताले स्वीकार नगर्ने र त्यसले दलित, उत्पीडित, जनजाति, महिला वर्गका हकअधिकार सुनिश्चित नहुँने भएकाले सहमतिमै संविधान जारी गर्नुको विकल्प नभएको डा बताए ।
उनले आन्दोलनका कार्यक्रम शान्तिपूर्ण हुने बताउँदै आन्दोलनलाई हिंसात्मक हुन नदिन सबै कार्यकर्तालाई निर्देशन दिएकोसमेत जानकारी दिनुभयो । नेता भट्टराईले जेठ १५ भित्र संविधान जारी गर्ने र सहमतिमै संविधान निर्माण गर्ने प्रतिबद्धता आए आन्दोलनका कार्यक्रम तत्काल रोक्ने पनि बताए ।











