२१ चैत, रौतहट । प्रहरी र प्रदर्शनकारी विच शनिवार गौरको विभिन्न स्थानमा झड्प हुदा तिन सुरक्षाकर्मी सहित तिन दर्जन प्रर्दशनकारीहरु घाइते भएका छन् ।
प्रदर्शनकारीले प्रहार गरेको ढंगामुडाको प्रतिकारमा प्रहरीले दर्जनौ राउण्ड टियर ग्यार र त्यतिकै रबरका बुलेटहरु प्रहार गर्दा सात जना प्रदर्शनकारीलाई गोली लागेका छन् भने करिव तिन दर्जन प्रदर्शनकारीहरुलाई प्रहरीको लाठी प्रहारबाट गम्भिर घाइते भएका छुन् ।
प्रहरीले प्रदर्शनकारीहरुलाई पछि हटाउनका लागि दर्जनौ टियर ग्यास र सट गनबाट रबरको गोली त्यतिकै रुपमा प्रहार गर्दा सात जनालाई गोली लागेको हो । सर्लाही बलराका प्रमोद ठाकुर, औरैयाका प्रविण राय यादव, प्रतापपुर पल्टुवाका एकरामुल हक, गौरका राजिव झा, उमर पाण्डे, पवन पटेल र रामनाथ बैठालाई प्रहरीको गोली लागेर घाइते भएका छन् । घाइतेहरुको गौर अस्प्तालमा उपचार भइरहेको तथा उनीहरुको अवस्था चिन्ताजनक रहेकोमा विरगंज पठाउने तयारी भइरहेको जिल्ला अस्पताल गौरले जनाएको छ ।
तिन दर्जन प्रदर्शनकारीहरु प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन् भने प्रदर्शनकारीको कुटाइबाट २० जना भन्दा बढि प्रहरी घाइते भएका छन् । घाइते प्रहरी मध्ये प्रहरी जवान सुमन जिरेल र दलबहादुर महतोको अवस्था चिन्ताजनक रहेकोमा जिल्ला अस्पताल गौरमा उपचार भइरहेको चिकित्सक मनोज कौशलले जानकारी दिए ।
स्थिति अराजक बन्दै जिल्ला प्रहरी कार्यालयमा प्रवेश गर्न खोज्दा प्रहरीले बाध्ययात्मक भएर टियर ग्यार एवं रबरको गोली चलाउनु परेको बताउदै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले प्रदर्शनकारीहर पछि नहट्दा दिउसो २ बजे देखि अर्को सुचना जारी नभए सम्मका लागि स्थानीय प्रशासन ऐन अनुसार कर्फयु गौर नगरपालिकाको बजार क्षेत्रमा लगाएको जानकारी दिए । यसैबिच प्रर्दशनकारीले सदरमुकाम गौरको टिकुलियामा ना १ झ ५८२ नम्वरको प्रहरीको भ्यानमा आगजनी गरेको छ ।
सशस्त्र वेस क्याम्प बंकुल तर्फ गइरहेको ना. १ झ ७३३ नम्वरको सशस्त्र प्रहरीको भ्यानमा गौर नपा १० सपगढामा प्रर्दशनकारीले ढंगामुडा गर्न सुरु गरेका थिए । ढंगामुढा सुरु गरेपछि भ्यानलाई ब्याक गर्ने क्रममा ६५ बर्षिय स्थानीय रामअशिष ठाकुर ठक्कर लागेर गम्भिर घाइते भएका थिए ।
गम्भीर घाइते ठाकुरको जिल्ला अस्पताल गौरमा उपचार भइरहेकै क्रममा शनिवार विहान ७ बजेको समयमा मृत्यु भएको अस्पताल श्रोतले बताको छ । मृत्यु भएका ठाकुरको क्षतिपुर्ति र शहिद घोषणाको माग गर्दै बिहान देखि नै प्रर्दशनकारीहरु आन्दोलनमा उत्रिएका थिए ।











