२१ चैत, धनुषा । जनकपुरमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । जनकपुर-१६ स्थित मनोज यादवको निर्माणाधीन घरमा काम गरिरहेका चार मजदुरको करेन्ट लागेर मृत्यु भएको स्थानीय पत्रकार सुजितकुमार झाले जानकारी दिए ।
निर्माणाधीन घरको सेफ्टी ट्यांकी नजिकै काम गरिरहेका उनीहरुलाई करेन्ट लागेको थियो । करेन्ट लागेर धनुषाको औरहीका अरुण साह, बैंग्गा शिवपुरका सुनिल दास र सोही ठाउँका मिलन मण्डलको मृत्यु भएको छ । मृतक एकको परिचय खुल्न सकेको छैन् ।
दुर्घटनाबारे थाहा पाएर गएको प्रहरीले सेफ्टी ट्यांकी फोरेर प्रहरीले शव निकालेको थियो ।













