२० चैत, रौतहट । रौतहटको गौरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सेवा केन्द्र सार्न लागेको विरोधमा गौरमा प्रदर्शनकारीहरुले उग्र प्रदर्शन गरेका छन् । उग्र प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि प्रहरीले दर्जनौं अश्रु ग्यास तथा रबरका गोली प्रहार गरेको छ । प्रहरीको गोली लागेर विजयानन्द यादव घाइते भएका छन् ।













