१९ चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले भारतसँग विकास निमार्ण लगायत भौतिक पूर्वाधारका लागि पटकपटक भएका सम्झौता कार्यान्वयन नभएको बताएका छन् । सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने परिपाटीका कारण काममा ढिलाइ भइरहेको उनले बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वोल्दै नेता नेपालले पछिल्ला दिनमा सडक निर्माण लगायतका विकासका कार्यमा गम्भिर त्रुटि भइरहेको पनि उल्लेख गरे । सडक डिजाइन, गुणस्तरियता समयकाल, अनुगमन र कार्यान्वयनको पक्षमा हेर्ने कडा निकाय नहुँदा ती कार्यमा मनपरी भइरहेको उनले बताए ।
सडक निमार्णमा भइरहेको मनपरी तन्त्रलाइ रोक लगाउन ठेकेदारलाई शुरुमा दिइने २० प्रतिशतको व्यवस्था अन्त्य गर्नुपर्ने धारणा समेत नेता नेपालले व्यक्त गरे । कामको मुल्याङ्कनका आधारमा बजेट विनियोजन गर्ने परिपाटीको विकास गर्न सके काममा गु्णस्तरियतासाथै छिटो हुने उनको विश्वास थियो ।
कार्यक्रममा बोल्दै भौतिक योजना तथा निमार्णमन्त्री विमलेन्द्र नीधिले भारतसरकारसँग सडक निमार्णका लागि पुन सम्झौता गर्न सरकारले तयारी गरेको जानकारी दिए ।
सन २०१० मा भएको सम्झौता अनुरुप हाल हरेक क्षेत्रको मुल्यबृद्धि भएको बताउँदै निधिले २०१५ मा नयाँ सम्झौता गरेपछि मात्र कामले तिब्रता पाउने उहाँको भनाइ थियो ।











