राष्ट्रपति डा. रामवरण यादव चीनको ६ दिने भ्रमण पूरा गरी स्वदेश फर्केका छन् । बोआओ फोरम फर एसियामा सहभागी हुन गएका राष्ट्रपति यादव चीनका उच्च पदस्थ नेताहरुसँग पनि भेटघाट गरेर नेपाल फर्केका हुन् ।
राष्ट्रपति यादवलाई त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री सुशील कोइरालासहितले स्वागत गरे । चीन भ्रमणका क्रममा राष्ट्रपति यादवले चिनियाँ राष्ट्र सि जिङ पिङसँग पनि भेटवार्ता गरेका थियो । सो क्रममा चीनले नेपाललाई १४ अर्ब रुपैयाँ आर्थिक सहयोगको घोषणा गर्यो ।
राष्ट्रपतिको चीन भ्रमणबारेमा भौतिक योजना तथा सहरी विकासमन्त्री डा. नारायण खड्काले ब्रिफिङ गरे । नेपालको आर्थिक विकासमा सहयोग पु¥याएको राष्ट्रपति यादवले चिनीयाँ नेताहरुलाई धन्यवाद दिएका थिए ।
भ्रमणका क्रममा राष्ट्रपति यादवले चिनीयाँ राष्ट्रपतिलाई नेपाल भ्रमणका निम्तासमेत दिएका छन् । चिनीयाँ राष्ट्रपतिले उपयुक्त समयमा नेपाल भ्रमणमा आउने जानकारी दिएको मन्त्री खड्काले बताए ।
बोआओ फोरम फर एसियामा नेपालसहित १६ एसियाली देशका सरकार र राज्य प्रमुखहरु सहभागी भएका थिए ।











