१७ चैत, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्यमा ५ सय रुपैयाँ गिरावट आएको छ । मंगलबार छापावाल सुन प्रतितोला ५१ हजार १ सय रुपैयाँमा कारोवार भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला ५१ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै मंगलबार तेजावी सुन प्रतितोला ५० हजार ८ सय ५० रुपैयाँमा कारोवार भयो । चाँदी प्रतितोला ७ सय ५ रुपैयाँमा कारोवार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।













