१६ चैत, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्ले चैत्र २३ गते सम्म सहमति गर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गर्नु भएको छ । नेपाल पत्रकार महांसघको ६० औं स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा सभामुख नेम्वाङ्ले २३ गते दिनको एक बजेसम्म कुर्ने त्यति गर्दा पनि सहमति नभए संविधान सभामा स्थापित अभ्यास अनुसार आफू अगाडि बढ्ने बताए ।
उहाँले दलहरुबीच विवादितत विषयमा सहभति नभए संविधानसभाको प्रक्रियाको विषयलाई नै सहमति मान्नुपर्ने उल्लेख गरे ।
उनले हिजोका दिनमा दलका नेताहरुले बोलेका कुरा व्यवहारमा लागू नगर्दा आफूलाई दुःख लागेको दावी गरे । नेताहरुले बोलेका कुरा लागू नगर्नु झूटो आश्वासका रुपमा स्थपित भएको संकेत उनले गरे । लगातार वार्तामा बसेका दलका नेताहलाई सहमति गरी व्यवहारमा देखाउन पनि उनले आग्रह गरे ।











