सन् २०२२ मा कतारमा हुन लागेको विश्वकप फुटबलको रंगशाला निर्माणका लागि विभिन्न एसियाली मुलुकका कामदारहरु कार्यरत छन् । तर कतारको रंगशाला निर्माण कार्यमा जुटिरहेका कामदारहरुको अवस्था अत्यन्त जोखिमपूर्ण रहेको तथ्याङ्क सार्वजनिक भैरहेको छ । विभिन्न मानवअधिकारवादी अन्तर्राष्ट्रिय संघ संस्थाहरुले पनि यस्तो अवस्थाको विरोध गरिरहेका छन् ।
केही समय पहिले गरिएको एक सर्वेक्षणअनुसार नेपाली र भारतीय कामदारहरु अत्यधिक जोखिममा काम गरिहेको तथ्यांक सार्वजनिक भएको थियो । अहिले कतारको रंगशाला निर्माणका क्रममा दुई दिनमा एक जना कामदार मारिने गरेको र तिनीहरुमध्ये भारतीय वा नेपाली हुने गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
सन् २०२२ मा विश्व कप फुटबलको किक हान्ने समयसम्ममा ४ हजार नेपाली तथा भारतीयले ज्यान गुमाउने अनुमान अन्तर्राष्ट्रिय संघसंस्थाहरुले गरेका छन् ।ठूलो सपना बोकेर कतार पुगेका नेपालीले रंगशाला निर्माणकै क्रममा दैनिकजसो कसरी ज्यान गुमाउनु परेको र उनीहरुको लाश काठको बाकसमा त्रिभुवन विमानस्थलमा कसरी आइरहन्छ भन्ने तथ्य समेटेर इएसपिएनले तयार पारेको स्तब्ध पार्ने वृत्तचित्रले यतिवेला विश्वमै चर्चित बनेको छ । यस वृत्तचित्रको सुरुवात नेपालको त्रिभुवन विमानस्थलबाट नै गरिएको छ र विशेष गरी नेपाली कामदारको दुर्दशालाई नै केन्द्रित गरिएको छ ।
गार्जिएन म्यागजिनले चाहिं दुई दिनमा एक नेपालीको नै मृत्यु हुने गरेको दावी गरेको छ । तर यसलाई भने कतार सकारले अस्वीकार गरेको छ । कतारले अस्वीकार गरे पनि स्तब्ध पार्ने यो वृत्तचित्रले भने सत्यता बोलेको छ ।
हेर्नुहोस् त्यही वृत्तचित्र :











