गोकुल बानियाँ
१३ चैत, पोखरा । प्रमुख प्रतिपक्षदल एकिकृत नेकपा माओबादीका बरिष्ट नेता डा. बाबुराम भट्राईले आगामी जेष्ठ १५ गते संबिधान जारी गर्ने गरि नयाँ सहमति गनुपर्ने खाचो औल्याएका छन् ।
एकिकृत माओबादी कास्कीले पोखरामा शुक्रवार आयोजना गरेको सहमतिय संबिधान निर्माणको लागि आन्दोलनको औचित्य बिषयक अन्तरक्रियामा नेता भट्राईले अब सबैको विन विन हुने गरि नयाँ मिति तोकेर सहमति खोज्नुपर्ने बताए ।
सत्तारुढ दल कांग्रेस –एमालेको आ–आफ्नै स्वार्थको कारण सहमति टाढिएको उनको आरोप छ । कांग्रेस सभापति समेत रहेका शुसिल कोईरालाले पार्टी महाधिबेशन सम्म कार्यकाल लम्ब्याउने र एमाले अध्यक्ष केपी ओलि जति सक्दो छिटो प्रधानमन्त्री हुने दाउमा रहेकाले सत्तारुढ दलमै कुरा नमिलेको बताए ।
सहमतिको आधारमा संबिधान जारी हुने सुनिश्चितता भए आन्दोलन स्थगित हुने उनले स्पष्ट पारे । आन्दोलन सत्ता परिबर्तनको लागि नभई सहमतिको लागि दवाब दिन मात्रै भएको भट्टराईको तर्क छ । जेठ १५ एतिहासिक दिन भएकाले सोहि दिन संबिधान जारी गर्ने गरी सहमति गर्ने र त्यसपछि केपी ओली प्रधानमन्त्री बने आफुहरुलाई कुनै आपत्ती नहुने उनले बताए ।
उनले अहिले देखिएको जनादेश र मतादेशको अन्तरबिरोध टुङ्गाउन पुनः अर्को सहमतिको आबश्यकता औल्याए । दलहरु आपसमा बसेर सहमति सम्झौता गर्नुको बिकल्प नरहेकाले आफ्नो पहलमा शिर्ष बैंठक बस्न लागेको भट्टराईले जानकारी दिए ।
नयाँ संबिधानको मुख्य बिबादित बिषय संघियतामा कांग्रेस–एमाले अलिकति पनि लचक नभएको आरोप लगाउदै भट्टराईले शासकिय स्वरुप मतदानबाट टुङ्गाउने र मिश्रित निर्वाचन प्रणालीमा सहमति भई संबिधान निर्माणको आधार तयार भए आम हड्ताल फिर्ता लिने बताए ।
कांग्रेस एमाले बहुमतको आधारमा पेलेर अघि बढ्न खोजेको र २०४७ सालकै संबिधान ब्युताउन लागिपरेकाले आन्दोलनमा गएको उनले स्पष्ट पारे ।











