१३ चैत, भक्तपुर । नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख आनन्द ढुङ्गानाले एमाओवादी लगायतका मोर्चाले संविधानसभा छाडेर आन्दोलनमा जान नसक्ने बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले शुक्रवार गरेको अन्तरसंवाद कार्यक्रममा उनले संविधान संविधानसभा छाड्ने भए एमाओवादी संसदिय समितिमा पुनः सहभागि हुँदैनथ्यो । ढिलै भए पनि नेपाली जनताले संविधान प्राप्त गर्ने दाबी गर्दै उहाँले एमाओवादी लगायतका मोर्चा पनि सहमतिमा नै आउने विश्वास व्यक्त गरे । ढुङ्गानाले भने ‘शासकिय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणाली कस्तो बनाउने भन्ने विषयमा कुरा मिलिसकेको छ, मिल्न बाँकी कति प्रदेश बनाउने भन्ने हो अब त्यो छिट्टै मिल्नेछ ।’ जातिय आधारमा प्रदेश भने आफ्नो पार्टीले नमान्ने भन्दै उहाँले बरु प्रदेशको संख्यामा भने केही लचिलो हुन सकिने धारणा व्यक्त गरे । नेपाली काँग्रेसको १३ महाधिवेशनका को पदमा पुग्ने भन्ने बारेमा व्यक्तिगत गुट नभएको दाबी गर्दै ढुंगानाले काँग्रेसको महाधिवेशनका कारण संविधान निर्माण्मा कुनै असर पर्ने बताए । उनले भने ‘नेपाली काँग्रेसभित्र जसरी सभापतिले मनोनित गर्ने अधिकारको विषय बाहिर आएको छ त्यो सबै काँग्रेसको विधान बारे जानकारी नभएकाहरुले गरेको हल्ला मात्र हो ।’ नेपाली कांग्रेस पूर्ण रुपमा प्रजातान्त्रिक रहेको भन्दै ८० प्रतिशत निर्वाचनबाट र २० प्रतिशत सभापतिबाट मनोनित गर्ने विधानमा उल्लेख गरिएको बताए ।











