१२ चैत, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराइबीच ओली निवासमा भेटवार्ता भएको छ । ओली निवासमा बुधबार बेलुकी पुगेका भट्टराई र ओलीबीच एमालेको स्थायी समिति बैठक सम्पन्न भएपछि राती अबेर भेटवार्ता भएको हो ।
झण्डै एकघण्टा भएको भेटवार्तामा दुई नेताबीच वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको ओली निवास श्रोतले जानकारी दिएको छ । राजनीतिक गतिरोध अन्त्य गर्ने, विवादित विषयलाई मिलाउन बैकल्पिक मार्गको खोजी गर्ने र सहमतिबाटै अगाडि बढ्ने बारेमा दुई नेताबिच कुराकानी भएको बताईएको छ ।











