११ चैत्र, सुनसरी / सुनसरीको सोनापुरस्थित गोल्छा अर्गनाइजेसनको अरिहन्त मल्टिफाइबर्समा आगलागी भएको छ ।
बिहान ११ बजेदेखि लागेको आगो दिउँसो २ बजेसम्म पूर्णरुपमा नियन्त्रणमा आएको छैन । उद्योगको केरिज (जुट भण्डार गर्ने ठाउँ) बाट सुरु भएको आगलागी अन्यत्र ठाउँमा पनि फैलिएको छैन ।
उद्योगका प्रबन्धक गोविन्द बजगाईंका अनुसार खुला ठाउँमा राखेको जुटमा आगलागी भएको बताए । आगलागी नियन्त्रणका लागि धरान, इटहरी र विराटनगरबाट बारुण यन्त्र खटाइएको छ ।













