काठमाडौं, चैत्र १० । केन्द्रीय नेताहरुलाई जिम्मेवारी तोक्न बसेको एमाले स्थायी समितिको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा बसेको बैठकमा महासचिव ईश्वर पोखरेलले पेश गरेको प्रस्तावमा माधव नेपाल पक्षले विरोध गरेपछि बैठक अनिर्णित भएको हो । माधव नेपाल भने पार्टीको बैठक पार्टी कार्यालयमा राख्नुपर्ने भन्दै बालकोट गएनन् ।
पोखरेलले १ सय ८४ जना केन्द्रीय सदस्यको कार्यविभाजनको प्रस्ताव पेश गरेका थिए ।
जसमा अध्यक्ष ओलीलाई स्कुल विभाग, झलनाथ खनाललाई नीति तथा अनुसन्धान र नेपाललाई विदेश विभागको जिम्मेवारी प्रस्ताव गरिएको छ ।











