७ चैत, विराटनगर । उपप्रधान एवं संघिय मामिला तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले सहमती कायम हुन नसके प्रक्रियाअनुसार वहुमतले संविधान जारी गर्न कुनैपनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।
विराटनगर विभानस्थालमा शनिबार संचारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री समेत रहेका उपप्रधानमन्त्री सिंहले सहमतिमा संविधान निर्माण हुन नसके प्रक्रियामै गएर संविधान जारी गर्ने चेतावनी दिए । प्रक्रियाबाट संविधान जारी गर्न कुनै पनि शक्तिले बाधा पु¥याउन नसक्ने उनले ठोकुवा गरे ।
विपक्षी एमाओवादी लगायतका दलहरुलहरुको विचारलाई समावेश गरी र आन्दोलनको भावनालाई समेत समेट्ने गरी संविधान जारी गर्नु अहिलेको आवश्यकता भएको भएको पनि उनले बताए ।
सवै राजनैतिक दलहरुले पहिलो संविधान सभामा गल्ती गरेको स्वीकार गर्दै दोश्रो संविधानसभामा गल्ती नदोहो¥र्याउने उनको भनाइ थियो । संविधान जारी गर्ने अहिलेको कार्य तालीकालाई हेर्दा संविधान जारी गर्न ३ महिना लाग्ने उनले बताए ।













