६ चैत, काठमाडौ / राष्ट्रपति रामवरण यादवले नेपाली सेनाद्वारा प्रस्तुत घोडेजात्रा समारोह अवलोकन गरेका छन् । सैनिक मंच पुगी यादवले सेनाका जवानहरुले प्रस्तुत गरेका विभिन्न अश्वकलाको अवलोकन गरेका थिए । राष्ट्रपति यादवसँगै प्रधानमन्त्री सुशील कोइराला, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ लगायतले सेनाको घोडचढी कला अवलोकन गरेका थिए ।
काठमाडौं उपत्यकामा मात्र मनाइने घोडेजात्रामा नेपाली सेनाले हरेक वर्ष घोडचढी कला प्रदर्शन गर्दै आएको छ । टुँडीखेलमा रहेको रक्षसलाई घोडेजात्राका दिनमा घोडाको टापले कुल्चनुपर्ने काठमाडौंको परम्परालाई पछ्याउँदै सेनाले घोडेजात्रा प्रदर्शन गर्दै आएको छ ।











