पर्याप्त निद्राले मानिसलाई ताजा राख्नेमात्र होइन, सेक्स जीवनलाई पनि सुखमय बनाउछ । अमेरिकाको मिशिगन विश्वविद्यालयको मेडिकल स्कुलमा कार्यरत डेभिड कमबाखका अनुसार हरेक घण्टाको अतिरिक्त निद्राले मानिसको यौन गतिविधिमा १४ प्रतिशतले वृद्धि गर्छ ।शोधपत्रिका ‘सेक्सुअल मेडिसिन’ को पछिल्लो अंकमा प्रकाशित अनुसन्धानमा कमबाखाले भनेका छन्, ‘यदि तपार्इंको सेक्स जीवनमा कुनै पनि प्रकारको समस्या छ भने बुझे हुन्छ, तपाईंलाई पर्याप्त निद्रा परेको रहेनछ ।’
यो अध्ययन १ सय ७१ महिलामा गरिएको थियो । सो अध्ययनमा जुन महिलाले राम्ररी निद्रा परेको बताएका थिए, उनीहरुले अर्कोदिन सेक्सको थप इच्छा हुने गरेको बताएका थिए । अध्ययनका अनुसार निद्रा यौन उत्तेजनाका लागि जरुरी कुरा हो । कम निदाउने महिलाको तुलनामा बढी निदाउने महिलामा यौन उत्तेजना बढी भएको पनि पाइएको थियो । एजेन्सी










