६ चैत, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले सभामुख सुवास नेम्वाङ्गले आफ्नो मर्यादा भन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताएका छन् ।
रफत सञ्चार क्लव भक्तपरले शुक्रबार गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै बिजुक्छेले संविधानसभा भित्रमात्रै बोल्नु पर्ने सभामुखले बाहिर बोल्दा आफ्नै मर्यादा खस्किएको दावी गरे ।
सभामुखले नियम संगत रुपमा मात्र अभिव्यक्ति दिनु पर्नेमा सार्वजनिक स्थान र बिभिन्न कार्यक्रममा अभिब्यक्ति दिनु गलत भएको बताउदै उनले सभामुखले राजनीतिक दलहरुलाई यसो गर उसो गर भनेर आफ्नो मर्यादा भूल्दै गएको टिप्पणी गरे ।
दलहरुले सभामुखलाई नटेर्नु भनेको सभामुखको मर्यादा घटेको टिप्पणी गर्दै विजक्छेले सभामुखले संविधानसभा भित्रै छलफल र बहस गर्नुपर्ने बताए ।
सहमतिको नाममा संविधानसभालाई लामो समय स्थगित गरेर राख्न नहुने बताउँदै उनले प्रक्रिया अगाडि बढाउनु पर्ने धारणा व्यक्त गरे ।
स्थानिय निकायको निर्वाचन भारतकै इशारामा हुन नसकेको आरोप लगाउँदै उनले स्थानिय निकायको निर्वाचन भए संघिय राज्य भन्दा स्थानीय निकाय बलियो हुने भएकाले भारतले नै स्थानीय निकायको निर्वाचन नचाहँदा निर्वाचन हुन नसकेको दावी गरे
आन्दोलनसँगै कोही पनि सशंकित हुन नपर्ने भन्दै उहाँले भन्नु भयो आन्दोलन गर्न पाउने सबैको अधिकार भएको पनि विजुक्छेले बताए ।











