५ चैत, बारा । नेकपा एमालेका नेता माधवकुमार नेपालले दलहरुबीच सहमति नभए प्रक्रियाबाट भए पनि संविधान जारी हुने बताउनुभएको छ । नेता नेपालले संबिधानसभालाई अनिर्णयको बन्दी बनाउन नहुने बताउनुभयो । बाराको सिमरा बिमानस्थलमा आज संचारकर्मीहरुसँगको कुराकानीमा नेता नेपालले जेठ १५ गते संबिधान जारी गर्ने गरी दलहरुबीच छलफल भइरहेको बताउनुभयो । बिबादित बिषयमा दलहरुले सहमति गर्ने बारे छलफललाई तीब्रता दिएको उहाँको भनाइ छ । संबिधानसभाबाट संबिधान जारी गर्ने बारे सबै गम्भीर भएर लाग्नुपर्ने भन्दै उहाले बिपक्षीहरु पनि वार्ताको टेबलमा बस्न आवश्यक रहेको बताउनुभयो । नेता नेपालले प्रक्रिया बिना कुनै पनि हालतमा संबिधान जारि नहुने दाबि गर्नुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले बिबादित बिषयमा सहमति गरेर जति सक्दो चाडो जनतालाई संबिधान दिनुपर्ने बताउनुभयो ।











