५ चैत, दाङ । शुल्क तिर्न नसकेको विद्यार्थीलाई एसएलसी परीक्षा दिनबाट वन्चित नगर्न भन्दै प्रधानमन्त्री कोइरालाले दिएको निर्देशन दाङ जिल्ला शिक्षा कार्यालयले अवज्ञा गरेको छ । प्रधानमन्त्रीले वुधबार दिएको निर्देशनको बेवास्ता गर्दै दाङ जिल्ला शिक्षा कार्यालयले विहीबारको परीक्षामा ६६ जना विद्यार्थीलाई परीक्षा दिन अयोग्य घोषणा समेत गरेको छ । जिल्ला शिक्षा कार्यालयले तोकेको राजश्व रकम नबुझाएकै कारण ३६६ जना विद्यार्थीलाई जिल्ला शिक्षा कार्यालयले परीक्षा दिनबाट वन्चित गरेको छ ।
परीक्षा दिने तयारीमा जुटेका ती विद्यार्थीहरु विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका र कार्यालयले तोकेको राजश्व नबुझाएकाले परीक्षा दिन बाट बञ्चीत भएका हुन ।
जिल्ला शिक्षा कार्यालय दाङले परीक्षाको तयारी गरी रहेका बेला विभिन्न ८७ वटा सामुदायीक विद्यालयका तीन सय ६६ जना परीक्षार्थीहरु एसएलसी परीक्षामा दिनबाट बञ्चित भएको जिल्ला शिक्षा कार्यालयले जनाएकोछ । यसरी परीक्षा दिन नपाउनेहरुमध्य सबै भन्दा वढि परिक्षार्थीमा विरेन्द्र उच्चमावि हेकुलीका ३० जना रहेका छन । त्यसै गरेर महेन्द्र उच्चमावि तुलसीपुर खुल्ला विद्यालय अन्तरगका २२जना, बाल मितेरी उच्चमावि भोजपुरका १५ जना, नरदेवी मावि तेघराको १४ जना रहेका छन । अन्य दाङका ८३ विद्यालयका १ देखि ३० जना सम्म परीक्षार्थी परीक्षा दिनबाट बञ्चित भएका हुन । कार्यालयले यिनीहरुलाई अयोग्य परीक्षर्थी भनेर भनेर नामाकरण गरेको छ ।
परीक्षाबाट बञ्चित हुने गरी अयोग्य भएका परीक्षार्थीहरुले कतिले तोकेको राजश्व नबुझाएको , तोकीएको विद्यालय समयमा हाजिरी नपुगेको, उमेर
नपुगेकोले परीक्षार्थी अयोग्य भइ परीक्षा दिन नपाइको सहायक जिल्ला शिक्षा अधिकारी चेतनशील लम्साल जानकारी दिए । जिल्लामा यस वर्ष १२ हजार ८ सय ९० जनाले एसएलसी परक्षामा दिएका छन । जिल्लाका १ सय ६९ विद्यालयका १३ हजार विद्यार्थीले परीक्षा दिन लागेको शिक्षा कार्यालयले जनाएको छ । यस पटक सामुदायिक विद्यालय ८६ वटा र नीजि विद्यालय ८३ ले एसएलसीमा विद्यार्थी सहभागी भएका छन ।
विहिवार भएको अंग्रेजी विषयको पहिलो दिनको परीक्षा जिलला भरिका ३९ बटै केन्द्रमा शान्तिपूर्ण तरिकाले समपन्न भएको कार्यालयले जनाएको छ ।











