५ चैत, काठमाडौं । ठूलो परिमाणको विदेशी मुद्रा बोकेर हङकङ जाँदै गरेका एक भारतीयलाई त्रिभुवन विभानस्थलबाट प्रहरीले पक्राउ विहीबार गरेको छ । ड्रागन एयर एयरको उडानबाट हंकङ जाँदै गरेका भातीय नागरिक मनोहरलालदास कृपालदासको साथबाट विमानस्थल अध्यागमन डि एक्सरे मेसिनले जाँच गर्ने क्रममा सो मुद्रा भेटिएको हो।
जेड २३२८०१३ नम्बर पासपोर्ट बोकेका उनको साथबाट बरामद मुद्रामा १ लाख ७९ हजार ८ सय ५० अमेरिकन डलर, २० हजार नेपाली रुपैँया, ५ लाख ५८ हजार जापानिज येन, १ हजार ५ सय १० हङकङ डलर, २ हजार ५ सय ६ युके पाउण्ड, १ हजार ८ सय सात युरो, ५० अस्ट्रेलियन डलर र १ हजार ३ सय फिलिपिन्स रुपैँया बरामद गरिएको हो ।













