३ चैत, काठमाडौं। सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्व महाप्रवन्धक मदनराज शर्मालाई सफाई दिने फैसला सुनाएको छ। विशेष अदालतले अकुत सम्पत्ति आर्जन गरेको ठहर गरेको भएपनि सर्वोच्चले त्यसलाई उल्टाउँदै सफाई दिने निर्णय सुनाएको हो।लामो समय निगममा बसेका शर्माले करिव ३ करोड वराबरको सम्पत्ति गैरकानुन रुपमा आर्जन गरेको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६७ भदौ १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।न्यायाधीश दिपकराज जोशी र चोलेन्द्रंसम्सेर राणाको इजलाशले सफाई दिने फैसला सुनाएको हो।
उक्त मुद्दामा सुनुवाई गर्दै विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीवहादुर कार्की तथा सदस्यद्धय ओमप्रकाश मिश्रको इजलाशले दोषी ठहर गरेको थियो। विशेषले शर्माले आफ्नो र परिवारको नाममा गरि २ करोड २ लाख सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको फैसला गरेको थियो। शर्माको सम्पत्तिवाट विगो र विगो बराबर २ करोड २ लाख नै जरिवाना हुने फैसला सुनाएको थियो। शर्मालाई भ्रष्टाचार निवारण ऐन २०५८ अनुसार २ वर्ष कैद समेत हुने विशेषको फैसलामा भनिएको थियो।
जरिवानासहित चार करोड रुपैयाँ बराबरको सम्पत्ति जफत गर्न विशेषले तत्कालीन समयमा आदेश दिएको थियो।
विशेषको फैसला विरुद्ध सरकारले २०६८ वैशाखमा र शर्माले कात्तिकमा सर्वोच्चमा पूनरावेदन गरेका थिए।
विशेषको फैसला विरुद्ध सरकारले २०६८ वैशाखमा र शर्माले कात्तिकमा सर्वोच्चमा पूनरावेदन गरेका थिए।
तत्कालीन महाप्रबन्धक शर्मा, उनकी पत्नी रुपा ढुंगेल र छोरी प्रीति ढुंगेलको नाममा चलअचल गरी ३ करोड १७ लाख बराबरको सम्पत्ति रहेको र त्यसमध्ये २ करोड दुई लाख रुपैयाँको मात्रै वैध स्रोत नखुलेको फैसलामा उल्लेख थियो । २०३० देखि आयल निगममा इन्जिनियरबाट सेवा सुरु गरेका शर्मा विभिन्न पद हुँदै २०५७ देखि २०५९ सम्म महाप्रबन्धक भएका थिए।
इजलासले भ्रष्ट्राचार निवारण ऐन २०५९ बमोजिम शर्माले निगममा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरी १ बर्ष कैद र बिगोबमोजिम जरिवाना २ करोड २ लाख तथा सोबराबरको दुई करोड दुई लाख रुपैया सम्पत्ति जफत गर्न सरकारलाई आदेश दिएको थियो । अदालतले शर्मा महाप्रबन्धक भएकाले ऐनबमोजिम थप एक वर्ष कैद सजाय दिएको छ। ऐनमा विशिष्ट श्रेणीका कर्मचारी या महाप्रबन्धक लगायतलाई भ्रष्ट्राचार ठहरेमा थप एक बर्ष कैद सजाय हुने व्यवस्था छ।
अदालतले फैसलामा शर्मा, पत्नी रुपा र छोरी प्रीतिको नाममा रहेको राजधानीको मितेरी मार्गस्थित ९४ लाख रुपैयाँ बराबरको घरजग्गा, विभिन्न बैंकमा रहेको ५२ लाख ८२ हजार, विभिन्न वित्तीय संस्थामा रहेका सबै सेयर, सात लाख ८८ हजार मूल्य कायम भएको सुन, एक करोड ५६ लाख रुपैयाँ बराबरका विभिन्न ठाउँको ८ कित्ता जग्गा तथा दुइटा सफा टेम्पो जफत गर्न तत्कालीन विशेषको फैसलामा भनिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मा र उनको परिवारका नाममा रहेको चार करोड २९ लाख रुपैयाँ सम्पत्तिमध्ये साढे दुई करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको उल्लेख गरी भ्रष्ट्राचार अभियोगमा कारबाही माग गर्दै २०६० चैत १८ मा मुद्दा दायर गरेको थियो।
अख्तियारले २०५९ साउन ३१ को मध्यराति राजस्वका २२ कर्मचारीको घरमा छापा मारी अनुसन्धान सुरु गरेपछि शर्माले ०५९ भदौदेखि मंसिरसम्म ४ महिना बीचमा बैंकमा आफ्नो नाममा रहेको नगद दुई करोड १६ लाख रुपैयाँ झिकी लुकाएको समेत फैसलामा उल्लेख थियो। शर्माले २०५३ जेठ २२ देखि ०५९ साउनसम्म दुई करोड २६ लाख बैंकमा जम्मा गरेको, तर २२ जनाको घरमा छापा मारिएपछि नगण्य रकममात्र राखेको पाइएको फैसलामा उल्लेख थियो।











