२ चैत, काठमाडौं । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले विपक्षीहरुले वार्ता र आन्दोलनसँग सँगैं गर्ने निर्णयले आफू निकै दुःखी र स्तब्ध भएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित सांसद् र नागिरक प्रशासन अधिकारका लागि हाते पुस्तिका विमोचन कार्यक्रममा नेम्वाङले दलहरुलाई मिति नतोकी ३० दिनका लागि सहमति गर्न संविधान सभाका स्थगन गरेको बताए । दलहरु बीच सहमतिको सट्टा उल्टो सहमति बिग्रेको समाचारले आफू निकै मर्माहत भएको उनले दुखेसो पोखे ।
संविधान सभाबाट संविधान नबनाई अन्य कुनै बिल्कप नभएको जोड दिँदै दलहरुले दुई घण्टामा सहमती गर्ने भनेर प्रतिबद्धता पूरा गर्न आग्रह गरे । देश अन्तरिम संविधानलाई थेग्न नसक्ने भन्दै यहि संविधान सभाबाट संविधान बन्ने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय मानवीय कानुनप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै बेला बेलामा त्यसको कार्यान्वयन नभएको बिषयले चर्चा पाउनु दुःखद भए पनि अगामी दिनमा हुबहु कार्यान्वयन गर्नु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा कानुन मन्त्री नरहरि आर्चायले नेपाल १० वर्षे द्वन्द्वबाट बाहिर आएको भन्दै कतिपय अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न कठिनाई भएको बताउँदै कार्यान्वयन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरे ।











