काठमाडौं । एनसेलका पि्रपेड ग्राहकहरुले कुनै पनि प्याक नलिई डेटा प्रयोग गर्दा लाग्ने ‘पे एज यु गो’ शुल्क ५० प्रतिशतले घटाएको छ ।नयाँ शुल्क अन्तर्गत ऐनसेलका प्रिपेड ग्राहकले अब प्याक विना डेटा चलाउँदा मात्र ३ रुपैयाँ प्रतिएमबी (कर बाहेक) लाग्नेछ । यस अघि ‘पे एज युगो’ शुल्क ६ रुपैयाँ प्रतिएमबी (कर बाहेक) लाग्दै आएको थियो ।
नयाँ शुल्क यहि फागुन २८ गतेबाट लागु भएको कम्पनीले जनाएको छ । यससँगै ऐनसेलका प्रिपेड ग्राहकले अब कुनै पनि डेटा प्याकबीना पनि सुलभ दरमा उत्कृष्ट डेटाको अनुभव गर्न सक्नेछन् ।
आफ्ना ग्राहकलाई सुलभ दरमा उत्कृष्ट डेटाको अनुभव गराउने प्रतिबद्धता अनुरुप ‘पे एज यु गो’ शुल्क ५० प्रतिशतले घटाएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए ।
एनसेलले आफ्ना ग्राहकलाई सुलभ दरमा डेटा उपलब्ध गराउन विभिन्न भल्युममा दैनिक, साप्ताहिक तथा मासिक प्याक प्रदान गर्दै आएको छ । प्याक लिई डेटा प्रयोग गर्दा ग्राहकले ३० पैसा प्रतिएमबी (कर बाहेक) सम्मको दरमा डेटा प्रयोग गर्न सक्छन् ।













