नेपाल विद्युत प्राधिकरणले सोमबार अर्थात् चैत २ गतेदेखि लोडसेडिङ घटाउने भएको छ । अहिले दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएकोमा सोमबारदेखि ९ घण्टा मात्र लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । विद्युत चुहावट नियन्त्रणमा केही सुधार आएसँगै मध्य मस्र्याङ्दी लगायतका विद्युत आयोजनामा गरिएको प्राधिकरणले जानकारी दिएको छ । सुधार र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना सञ्चालन गरेर लोडसेडिङ घटाउन लागिएको पनि प्राधिकरणले जनाएको छ । चैत ५ गतेदेखि सुरु हुने एसएलसी परीक्षालाई समेत ध्यान दिएर लोडसेडिङ घटाउने निर्णय गरिएको समेत विद्युत प्राधिकरणले जानकारी दिएको छ । लोडसेडिङको नयाँ तालिका यस्तो छ :











