३० फागुन, काठमाडौं । निर्णायक भनेर शनिबार बसेको दलहरुको वार्ता भाँडिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको चार पक्षीय वार्ता एमालेले नौ वुँदेकै आधारमा अगाडि बढ्नुपर्ने प्रस्ताव राखेपछि एमाओवादी विच्किएको थियो ।
तर बैठकमा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतमले भने एमाओवादी पहिले नै वार्ता भाँड्ने मनस्थितिमा प्रस्तुत भएको संचारकर्मीलाई बताए । एमालेले सुरुमा नै कांग्रेस एमालेको नौ वुँदे तस्र्याएर वार्ताको वातावरण विथोलेको आरोप एमाओवादी नेता वर्षमान पुनले लगाए । प्रधानमन्त्री सुशील कोइरालाले भने माघ पाँच गते भएको सहमतिका आधारमा अगाडि बढ्ने प्रस्ताव राखेका थिए ।
शनिबारको वार्तामा एमाले अध्यक्ष केपी ओली र एमाओवादी नेता बाबुराम भट्टराई भने उपस्थित थिएनन् । एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री गौतमले बैठकमै नौ वुँदेअनुसार अगाडि बढ्नु पर्ने प्रस्ताव राखेका थिए ।











