२८ फागुन, डोटी / डोटीमा माटोको ढिस्कोले पुरिएर एउटै गाउँका ३ जनाको ज्यान गएको छ । ५ जना घाईते भएका छन् । माटोको ढिस्कोले पुरीएर कपल्लेकी गाविस ९ की २२ वर्षिया सिता भुल, १८ वर्षिया कुमारी भुल र २३ वर्षिया काली भुलको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सेरी भन्ने ठाउँमा घर पोत्ने माटो खन्ने क्रममा उनीहरुलाई ढिस्कोले पुरेको हो । ढिस्कोले पुरिएर घाइते भएका कल्पना भुल, देवी भुल, सरस्वती भुल, हेमादेवी र देवसरी भुलकलाई सेनाले उद्दार गरेको छ ।











