एमाले बैठक नेकपा एमालेले वैकल्पिक केन्द्रीय सदस्य मन केसीलाई बाग्लुङ क्षेत्र नं १ उपनिर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी समितिको बैठकमा चलेको लामो छलफल पछि केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । मन केसी हाल एमालेको वैकल्पिक केन्द्रिय सदस्य हुनुहुन्छ । उहालाई एमालेले दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिकको उम्मेदवार समेत बनाएको थियो ।
यसैबीच उपनिर्वाचनमा नेपाली कांग्रेसले चम्पादेवी खड्कालाई उम्मेदवार वनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको बुधबार दिउसो बसेको बैठकले चैत्र २८ गते हुने उपनिर्वाचनमा कांग्रेसले खड्कालाई उठाउने निर्णय गरेको हो । एकीकृत माओवादीले भने यसअघि नै पार्टी प्रवक्ता दिननाथ शर्मालाई उम्मेद्वार बाग्लुङ एकका काँग्रेस सभासद हरिबहादुर खड्काको सवारी दुर्घटनामा परी निधन भएपछि खाली रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । बनाइसकेको छ । कांग्रेसका सभासद् हरिबहादुर खड्काको गत मंसिर १७ मा भएको सवारी दुर्घटनामा परी ज्यान गएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा चैत २८ गते उपनिर्वाचन हुने तालिका छ ।











