एकाएक गाडिको पछाडि पट्टीको नम्बर प्लेट झर्यो । आस्चर्य त्यस गाडिमा त सरकारी र प्राइभेट नम्बर प्लेट पो राखीएको रहेछ । गैर कानुनी तरीकाले चलाएको यस्ता गाडि कसैको नियन्त्रणमा पर्न सकेका छैनन् । विरलै मात्रामा पाइने यस्ता घटनाले सरकार ट्राफिक प्रहरीलाई चुनौति थपेको छ । सरकारी गाडि कुन अंञ्चलको स्पष्ट नभएपनि नम्बर भने प्रस्ट देखिन्छ ।
सरकारी नम्बर १ झ ७१८७ रहेको छ भने त्यसैलाई छोपेर बाहिर बाट टासेको प्राइभेट नम्बर बा. ८ च ३७६० रहेको छ यस्ता सवारी खुलेआम रुपमा राजधानीमा हिडीरहेको भएपनि सम्बन्धीत निकाय बेखवर जस्तै बन्ने गरेका छन् ।
सरकारी गाडिको दुरुपयोग गरी संचालनमा ल्याउने यस्ता व्यत्ति पत्ता लगाइ कारबाहि गर्नुको विकल्प छैन् ।
(mynewsnepal को सहकार्यमा)












