राष्ट्रपति रामवरण यादवले आन्दोलनलाई छाड्दै वार्तामा बस्न एकीकृत माओवादीलाई आग्रह गर्नुभएको छ ।
मंगलबार बिहान एकीकृत नेकपा माओवादी अध्यक्ष एवं विपक्षी ३० दलीय मोर्चाका संयोजक पुष्क कमल दाहाल प्रचण्डसंग टेलिफोन संवाद गर्दे राष्ट्रपति यादबले आन्दोलनको बाटोमा नलाग्न आग्रह गर्नुभएको हो । सरकारले पटक पटक वार्ताको लागि आह्वान गरेको भन्दै त्यसलाई सम्बोधन गरी वार्तामा बस्न राष्ट्रपति यादबलेआग्रह गर्नभएको उच्च स्रोतले जानकारी दिएको छ । जवाफमा प्रचण्डले आफूहरु वार्ताको लागि तयार भएको भन्दै संबिधानको अन्तरवस्तुमा सहमति गर्न सत्तापक्षले ईच्छा नदेखाएको बताउनुभएको थियो । टेलिफोन संवादमा प्रचण्डले वातावरण तयार भए सरकारसँग वार्तामा बस्ने जानकारी गराउनुभएको बुझिएको छ । राष्ट्रपति यादब र प्रचण्डबिच करिव २० मिनेट संवाद भएको स्रोतको भनाइ छ ।











