एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले वार्ताका लागि सत्तारुढ दललाई चार दिन पर्खने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मोर्चाको बैठकले सत्तारुढ दल वार्ताका लागि गम्भीर नभएको भन्दै चार दिन पर्खने निर्णय गरेको हो । चार दिनसम्म पनि सत्तारुढ दल सकारात्मक नभए आगामी ३० गते बैठक बसेर दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ ।











