२६ फागुन, काठमाडौं भक्तजनले रसायन मिसिएको अबिर, केसरी र पानी चढाउनाले विश्व सम्पदा सूचिमा सुचिकृत भक्तपुरस्थित चाँगुनारायण मन्दिरको मूर्ति कुरुप बन्दै गएको छ । रसायनयुक्त पुजा सामग्रीको प्रयोगका कारण मन्दिर आसपास रहेका किलेश्वर महादेव, गरुढ, भैरवलगायतका मूर्तिहरु पनि कुरुप बन्दै गएका छन् । मूर्ति कुरुप बन्दै गएपछि युनेस्कोले मन्दिरलाई सूचिबाट हटाउन सक्ने सम्भावना बढ्दै गएको पुरातत्व विभागको भनाई छ । वि.सं. ५२१ (सन्४६४) मा प्यागोडा शैलीमा निर्माण भएको मन्दिरका मूर्तिहरु कुरुप र नासिँदै गएका हुन् । मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले पानी चढाउने, अबिर दल्ने र दैनिक हजारौं मानव स्पर्शका कारण्ँ मन्दिर कुरुप र नासिदैं गएको बताउनुभयो ।
विश्व सम्पदा सूचिबाटै हट्ने खतरा बढ्दै गएपछि चाँगुनारायण नगरपालिका र स्थानीय संघसंस्थाको पहलमा पुजा गर्दा मूर्तिमा रसायनयुक्त पुजा सामग्रीको प्रयोग नगर्ने र मूर्तिमा स्पर्श नगर्ने अभियान शुरु गरिने भएको छ । हिन्दुधर्ममा मूतिलाई नै छोएर पूजा गर्ने चलनले मूतिहरु जीर्ण बन्दै गएका संरक्षणकर्मीको भनाइ छ ।











