एमएको परीक्षा सन्चालनमा त्रिभुवन विश्वविद्यालयले लापरवाही गरेको भन्दै विद्यार्थीहरुले बागबजारस्थित पदमकन्या क्याम्पस परीक्षा केन्द्रमा शुक्रबार तोडफोड गरेका छन् । उनीहरुले परीक्षा समेत बहिस्कार गरेका छन् ।
परीक्षा सन्चालनको निर्धारित समयमा पनि प्रश्नपत्र नआएको भन्दै आक्रोशित विद्यार्थीहरुले तोडफोड गरेको पद्मकन्या क्याम्पस नेबिसंघकी नेतृ साधना घिमिरेले अनलाइनखबरलाई जानकारी दिइन् ।शुक्रबार एमएको थेसिस अन्तर्गतको लिखित परीक्षा थियो ।
स्थिति तनावग्रस्त भएपछि प्रहरी परिचालन गरिएको थियो । तोडफोडपछि नाराबाजी गर्दै विद्यार्थीहरु परीक्षा केन्द्रबाट बाहिरिएका थिए । तोडफोडका कारण क्याम्पसका झ्यालका सिसा फुटेका छन् ।











